काठमाडौं /२ फागुन-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि डिप्लोमा (साविक प्राविधिक एस.एल.सी) तहको एक विषयको मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षामा कार्यक्रम सञ्चालन गरेका तथा निजी स्तरमा प्राविधिक एस.एल.सी तर्फ विभिन्न विषयका कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाका परीक्षार्थीहरुका लागि एक विषय मौका परीक्षाको (आंशिक) परीक्षा केन्द्र निर्धारण गरेको हो ।




