काठमाडौं/२२ माघ-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बिएस्सी सिएस आइटी विषयमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।
आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेस्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( बिएस्सी सिएस आइटी) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको हो ।
भर्ना हुन इच्छुक विद्यार्थीले माघ २४ गतेदेखि २६ गतेसम्ममा दोब्बर दस्तुरमाअनलाइन माध्यमबाट आवेदन दिन सकिने जनाएको छ ।
साथै कोभिड १९ का कारण स्थगित गरीएका परीक्षाहरु मध्ये चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( बिएस्सी सिएस आइटी) विषयको प्रवेश परीक्षा फागुन ७ गते सञ्चलन हुने जनाएको छ ।




