विद्यालय प्राङ्गणमा रहेको रूख ढल्दा दुई जना विद्यार्थीको मृत्यु

जनकपुरधाम/२२ माघ-धनुषाको सवैलाई नगरपालिका १२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ । हावा हावाहुरीका कारण रुख ढल्दा हाँगाले च्यापीएर दुई जना विद्यार्थीको मृत्यु भएको हो ।


मृत्युु हुनेमा सवैलाई नगरपालिका १२ का महेन्द्र सदाका ८ वर्षिया छोरी प्रतिमाकुमारी सदा र चन्द्रेश्वर सदाको ७ वर्षिय छोरा अरबिन्द सदाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।


रूख ढल्दा दुवै जना विद्यार्थी च्यापिएर गंभिर घाईते भएका र उपचारका लागि नरसिंहहोममा लैजादैगर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै जना विद्यार्थीको टाउकोमा गंभिर चोट लागेर अत्यधिक रक्तश्राव भएका कारणले मृत्यु भएको हुनसक्ने अनुमान ।