काठमाडौं /१९ माघ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले तिन वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
२०७८ सालमा संचालन हुने तिन वर्षे स्नातक तह तेस्रो वषको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
त्यसैगरी वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, तर्फको ४ वर्षे वी.एस्सी, चौथो वर्षका नियमित तथा आंशिकको र कानून संकायतर्फ ३ वर्षे एल.एल.वी.प्रथम वर्षका (नयाँ पाठ्यक्रम) नियमित परीक्षा दिने परीक्षार्थीहरुको स्थगित गरीएका परीक्षाको पुनः तालिका सार्वजनिक गरेको छ ।






