सिटिइभिटीका स्थगित गरिएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडौं /१९ माघ-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले स्थगित गरीएका परीक्षाहरु सञ्चालन गर्ने भएको छ । कोभिड १९ का कारण माघ ११ गते को निर्णय अनुसार स्थगित भएका सम्पूर्ण परीक्षाहरु सञ्चालन गर्ने भएको हो ।


साथै सिसिएमसीसी र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धीस् सम्पुर्ण मापदण्ड पूर्ण रुपमा पालना गरी फागुन ६ गतेदेखि सञ्चालन गरीने जनाएको छ ।