प्राविधीक शिक्षक उत्पादनका लागि काठमाडौं विश्वविद्यालयले ‘बीटेकएड’ सञ्चालन गर्ने

काठमाडौं/१६ माघ-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले व्याचलर इन टेक्निकल एजुकेशन (बीटेकएड) सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्कूल अफ एजुकेशन अन्तर्गत प्राविधीक तथा व्यवसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्ने उद्देश्यले बीटेकएड सञ्चालनको तयारी गरेको हो ।


विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन बालचन्द्र लुइटेलले बीटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तिन वटा क्याम्पसलाई अनुमति दिईसकेको र यही शैक्षिक सत्रबाट सञ्चालनको तयारीमा रहेको बताए । प्राविधीक शिक्षामा इन्सट्रक्टर अभाव भएकाले यसलाई ध्यानमा राख्दै जनशक्ती उत्पादनमा यस विषयको अध्यापनले सहयोग पुग्ने उनको भनाई छ ।


देशभर सिटिइभिटी अन्तर्गत १ हजार १३१ वटा शिक्षालयमा ७० हजार भन्दाबढि विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले यस तर्फका जनशक्ती उत्पादनमा विश्वविद्यालयले जोड दिदैँ टिआईटिआईको इन्सट्रक्टर, स्कूल अफएजुकेसनले टेक्निकल म्यानेजर ,विश्वभर प्राविधीक शिक्षा अध्ययन गराउने शिक्षक सहजकर्ताको रुपमा जनशक्ती उत्पादनमा यास विषयको महत्वपूर्ण भूमिका हुने विश्वविद्यालयले जनाएको छ ।


बीटेकएड १सय ३६ क्रेडि आवरको अक्षरांकन विधीबाट मूल्याङ्कन हुँने चार बर्षे स्नातक तहको कार्यक्रम हो । विश्वविद्यालयबाट सम्बन्ध पाएका प्राविधीक तथा व्यवसायीक शिक्षालमा अध्ययन गर्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ । प्रवेश परीक्षामा सहभागि हुन कक्षा १२ मा भौतिक शास्त्र र गणितलाई मुल विषय बनाए उत्तिर्ण गरेको विद्यार्थी, ९– १२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागि हुन पाउँछन् । यस विषय अध्ययनका लागि ४ बर्षमा ५ लाख ७२ हजार शूल्क निर्धारण गरिएको छ ।


विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आईटी विषयका लागि ३० जना ,सिन्धुली टेक्निकल इन्सटिच्युटमा आईटीका लागि २० जना र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ । यस्तै बुटवल टेक्निकल इन्सटिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङ तर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन् । देशभर यस बर्ष एक सय जना विद्यार्थीले बीटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ।


बीटेकएडको उद्देश्य कक्षा १२ सम्म प्राविधीक जनशक्ती उत्पादन गर्ने ,अकुपेशनल टेक्निकल भोकेशनल एजुकेशन कसरी पढाउने भन्ने विषयमा यो विषय उत्तिणर् गरेका विद्यार्थीले दक्षता हासिल गर्ने विश्वविद्यालयले जनाएको छ ।


अहिले विश्वविद्यालयले सिभिल, मेकानिकल र इन्फरमेशन टेक्नोलोजी तर्फ प्राविधीक शिक्षालयमा इन्जिनियरिङ अध्यापन गराउने जनशक्ती उत्पादन गर्ने लक्ष्य सहित कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।यस विषयको पाठ्यक्रममा इन्टर्नसिपको पनि व्यस्था गरिएको छ ।


बीटेक एड अध्ययन पश्चात उच्च शिक्षामा मास्टर आफ सस्टेनेवल डेभलपमेन्ट, एमए, एमएड, टेक्निकल भोकेन्सनल म्यानेजमेन्टका विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।


विश्वविद्यालयले यसका लागि डिनको अध्यक्षता अध्यापन गराउने संस्थाको क्षमता अभिवृद्धि गर्ने, जनशक्ती परिचालमा सहयोग गर्ने काम गर्नेछ । विश्वविद्यालयका डिन लुइटेलले प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)ले इन्सट्रक्टरको लाइसेन्स् दिने प्रावधान गराउने तयारी गरेको र यो विषय अध्ययन गरेका जनशक्तीले अनुमति पत्र पाउने बताए । शिक्षक सेवा आयोगले प्राविधीक धार तर्फका शिक्षकलाई अध्यापन अनुमति पत्र जारी गर्ने व्यवस्था गरेको छैन ।


स्नातक तह अध्ययन पश्चात स्नात्तकोत्तर तहमा विद्यार्थीले मास्टर्स लेभलमा एमटेक एड अध्ययन गर्न पाउँछन् । विभिन्न क्षेत्रका अन्य विषय पनि अध्ययन गर्ने बाटो खुल्ला हुँने विश्वविद्यालयले जनाएको छ । विद्यार्थीले एमटेक अध्ययन गर्न पाउँछन् । यस विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले जनवरी १७ तारिकमा फारम खुला गरेको छ । विद्यार्थीले फेव्रोवरी २१ सम्म उक्त फारम भरेर फेव्रवरी २२ मा हुँने प्रवेश परीक्षामा सहभागि हुन पाउँछन् ।