स्नातकोत्तर गरेका सबै दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह

काठमाडौं /१६ माघ-नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका सम्पूर्ण दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गरी यसबारे दर्ताका लागि आह्वान गरेको हो ।


सूचनामा २०७८ फागुन १ गतेदेखि चैत्र मसान्तसम्म अनलाइन फाराम दर्ता गर्न भनिएको छ । साथै २०७८ पुस मसान्तसम्ममा स्नातकोत्तर सकिसकेका नर्सहरुलाई परिषदमा विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ ।


नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा तोकिएका शुल्क बैंकमा जम्मा गरेको भौचर संलग्न गरी दर्ता फाराम भर्न भनिएको छ ।