स्थायी पदपूर्तिका लागि उमेर हद हटाउन नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

विराटनगर/४ माघ-नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले राहत अनुदान तथा करारमा कार्यरत शिक्षक उमेर हदका कारणले स्थायी पदपूर्तिका लागि हुने प्रतिस्पर्धामा अवेदन दिन नपाउने व्यावस्था हटाउन शिक्षा मन्त्रालयलाई ध्यानाकार्षण गराएको छ ।


सोमबार ध्यानाकर्षण पत्र जारी गर्दे विगतमा शिक्षक महासंघ र नेपाल सरकार विच भएको सहमतिमा कार्यरत सबैखाले शिक्षकलाई आयोगको परीक्षामा सामेल हुन उमेरको हद नलाग्ने भन्ने बुँदा उल्लेख भएको भन्दै सो व्यावस्था हटाउन शिक्षा मन्त्रलयलाई ध्यानाकार्षण गराएको हो ।


ध्यानाकार्षण पत्रमा भनिएको छ “शिक्षक महासंघ र नेपाल सरकार विच भएको सहमतिमा कार्यरत सबैखाले शिक्षकलाई आयोगको परीक्षामा सामेल हुन उमेरको हद नलाग्ने भन्ने बुँदा उल्लेख भएको हुनाले शिक्षा ऐनमा भएको बाधक बुँदा संशोधन गरी आयोगले निर्धारण गरेको आवेदन गर्ने म्याद भित्रै सो व्यावस्था मिलाउनका लागि माननीय मन्त्री मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छौं ।”


त्यसैगरी शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ विच विगतका सहमति कार्यन्वयन हुनेगरी शिक्षा ऐन जारी गर्ने लगायतका विषयमा वार्ता जारी रहेकै अवस्थामा शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जानकारी गराउँदै उमेर हद हटाउनका लागि प्रभावकारी गरिदिन वर्तमान वार्ता समितिलाई आग्रह गरेको छ ।


पत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिमा रहेका १४ ओटै जिल्ला समितिहरुले हस्ताक्षर गरिएको छ ।