न्युन आय भएका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग


काठमाडौं/४ माघ-विश्वविद्यालय अनुदान आयोगले न्युन आय भएका डोम, वादी, चमार र मुसहर जातिका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आयोगले इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तह अध्ययनका लागि आवेदन माग गरेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट न्यन आय भएका दलित समुदायमध्ये शैक्षिक क्षेत्रमा अत्यान्त पछाडि रहेका डोम, बादी, चमार र मुसहर जातीका विद्यार्थीहरुलाई इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तहका कार्यक्रमहरुमा पहुँच विस्तार गर्ने उदेश्यले त्यस्ता समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिका दिन लागिएको जनाएको छ ।


ती विद्यार्थीहरुको अध्ययन गर्न लाग्ने खर्च सरकारले व्यहोर्ने गरी लागु गर्न बनेको विशेष छात्रवृत्तिसम्बन्धि कार्यविधि २०७२ बमोजिम बजेटको सिमा भित्र रही न्यसनतम योग्यताका आधारहरु पूरा गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीने छ ।