काठमाडौं /२ माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले थाइल्याण्डको इन्टरनेशनल स्कुल अफ इन्जिनियरिङ्ग, चुलालङकम विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको जनाकारी गराएको छ । शैक्षिक वर्ष २०२२/२०२३ का लागि २० डिसेम्बर देखि ४ फब्रुवरी सम्म विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्ति आवेदन खुल्ला रहेको जनाएको हो ।
इन्जिनियरिङ्गको विभिन्न विषयमा स्नातक तहको अध्ययनका लागि खुला प्रतिस्पर्धा मार्फत विदेशी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध हुने भएकाले अध्ययन गर्न इच्छुक उम्मेदवारहरुले सूचनामा उल्लेख भएबमोजिम प्रक्रिया पुरा गरी आवेदन पदन सकिने जनाएको छ ।
साथै मन्त्रालयले आवेदन लिने तथा छनोट प्रक्रिया सम्बन्धित संस्थाबाटै हुनेहुँदा आवेदकका प्रक्रिया सम्बन्धमा संलग्न कागजात भएभन्दा थप जानकारी लिन संबन्धित संस्थासँग नै सम्पर्क गर्न सूचित गरेको छ ।
हेर्नुहोस सूचना



