कोरोना भाइरसविरुद्धको खोप लगाउँदै विद्यार्थी (फोटो फिचर)

काठमाडौं /२८ पुस उपत्यकाका तीनै जिल्लाका बालबालिकालाई पुस २७ गते देखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरीएको छ । १२ देखि १८ वर्ष उमेरका समूहका बालबालिकालाई एकहप्ता सम्म खोप अभियान सञ्चालन गरीएको हो ।


स्वस्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा खोप कार्यक्रम सञ्चालन गरिएको छ । खोप व्यावस्था गर्न सरकारले आधारभूत तथा माध्यामिक विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेसँगै विद्यालयमै खोप कार्यक्रम सञ्चालन गरीएको छ ।


यसै कार्यक्रम अन्तर्गत पेप्सिकोला स्थित नेक्सस् इन्टरनेशनल स्कुलले आफ्ना विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खोप लगाउदै । १२ देखि १८ वर्ष उमेर समूहका ५ सय ९० बालबालिका रहेकोमा आज ३ सय ४१ ले लगाइसकेको र बाँकिलाई भोलि बिहान १० वजेदेखि खोप लगाइने विद्यालयले जनाएको छ ।