काठमाडौं/२८ पुस-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह बिएस्सी सिएस्आइटी विषयको प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रवेश परीक्षा आवेदन भरेका विद्यार्थीहरुका लागि माग २२ गते शनिबार दिनको १२ बजेदेखि २ बजे सम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।
त्यसैगरी चार वर्षे स्नातक तह बिआईटी विषयमा २०७८ को नयाँ विद्यार्थी भर्नाका लागि आवेदन आह्वान गरिएको छ ।




