कक्षा ११ को परीक्षाफल प्रकाशित तथा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौं/२३ पुस-राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । २०७८ साल असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको हो ।


त्यसैगरी बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ ।