‘युनिग्लोब जब फेयर–२०२२’ सम्पन्न

काठमाडौं /२० पुस-काठमाडौंको बानेश्वरमा रहेको युनिग्लोब कलेजले ‘युनिग्लोब जब फेयर–२०२२’ सम्पन्न गरेको छ । सोमबार कलेज परिसरमै आयोजना गरिएको युनिग्लोब जब फेयरमा विभिन्न प्रतिष्ठित तथा संस्थाहरुको सहभागितामा सम्पन्न भएको हो ।


कलेजबाट पासआउट भएका विद्यार्थीलाई बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित कर्पोरेट ग्रुपहरुमा रोजगारीको अवसर सिर्जना गर्ने मुख्य उदेश्यसहित जब फेयर आयोजना गरिएको कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टले बताए । उनले कलेजले क्षमतावान विद्यार्थीहरु उत्पादन गर्न सफल भएको र फेयरबाट धेरै विद्यार्थीले रोजगारीको अवसर प्राप्त गरेको बताए ।


विभिन्न बैंक वित्तीय संस्था तथा कर्पोरेट ग्रुपका प्रतिनिधिहरुले जब फेयरमा सहभागी विद्यार्थीलाई जबको अफर गरेका छन् । फेयरमा जब अफर गर्ने कम्पनीहरुका छुट्टाछुट्टै कक्ष तय गरिएको थियो । जहाँ विद्यार्थीले रजिष्ट्रेसन फर्म भरेर जब एप्लाई गरेका छन् । कम्पनीहरुले आवश्यकता अनुसार विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने बताइएको छ ।


व्यवस्थापन शिक्षामा नेपालकै अग्रणी पहिचान बनाउन सफल युनिग्लोब कलेजले यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दे आएको छ । त्यस्तै कलेजबाट पासआउट भएका करिब सय जना विद्यार्थी फेयरमा सहभागी थिए ।