हब इन्टरनेशनलको जनवरी ११ मा “ग्राण्ड अस्ट्रेलिया एजुकेसन फेयर” हुने

काठमाडौं/२० पुस-हब इन्टरनेशनल एजुकेसनले जनवरी ११ मा “ग्राण्ड अस्ट्रेलिया एजुकेसन फेयर २०२२” गर्ने भएको छ । विगत १६ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको हबले “ग्राण्ड अस्ट्रेलिया एजुकेसन फेयर २०२२” गर्ने भएको हो ।


काठमाडौंको बागबजारमा रहेको हबले आफ्नै प्राङगणमा करीब २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको सहभागितामा फेयर आयोजना गर्न लागेको जनाएको छ ।


कोभिड १९ महामारीको प्रभाव कम भएसँगै अस्ट्रलियाको बोर्डर खुले पछि गर्न लागिएको “ग्राण्ड अस्ट्रेलिया एजुकेसन फेयर २०२२” मा विद्यार्थीहरुको उत्साह जनक सहभागिता रहने अपेक्षा गरिएको डाइरेक्टर रामप्रसाद पौडेलले बताए । साथै मेलामा विभिन्न खालका अफर, छात्रवृत्ति, विश्वविद्यालय तथा कलेजमा विषय छनौट लगायतका विषयमा विद्यार्थीलाई परामर्श तथा जानकारी दिने उदेश्य रहेको पौडेलले बताए ।


त्यस्तै हबको वार्षिक कार्यक्रम अन्तर्गत मेला आयोजना गर्न लागिएको सिइओ सरिता खड्काले बताइन । उनले अस्ट्रलियाको मात्र नभई युके, इन्डिया लगायतका अरु गन्तव्यहरुको पनि जानकारी दिनका लागि शैक्षिक फेयर गरिने बताइन् । विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुलाई आफै भेटेर जानकारी लिन पाउने र गुणस्तरीय शिक्षाका लागि सहि परामर्श दिनका लागि मेला आयोजना गरीएको खड्काले बताइन् ।


त्यसैगरी मेलामा ब्रिटिस काउन्सिलले आईईएलटीएसको महत्व यसको मान्यताका बारेमा जानकारी दिने र माछापुच्छ्रे बैंकले विदेश अध्ययनका लागि पुरा गर्नुपर्ने आर्थिक प्रक्रिया बारे विद्यार्थीलाई जानकारी दिनेछन् । मेलामा उपस्थित विद्यार्थीहरुलाई लक्किड्र मार्फत एउटा ल्यापटप, स्मार्ट व्याग र स्मार्ट वाच उपलब्ध गराइने छ ।


आईईएलटीएस पर्टनरको रुपमा ब्रिटिस काउन्सिल, बैङ्कि पार्टनरमा माछापुच्छ्रे बैंक, इन्स्योरेन्स पार्टनर अलाईन्स् इन्स्योरेन्स अस्ट्रेलिया र वेब्रेज पर्टनरमा कक्टेल एण्ड ड्रिम्स् रहेका छन् ।