नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महत्सव आयोजना गर्ने


काठमाडौं /१४ पुस- नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महत्सव आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवस २०२२ को अवसरमा प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महत्सव आयोजना गर्ने भएको हो ।


प्रतिष्ठानले फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महत्सव २०७८ आयोजना गर्न लागेको जनाएको छ । उक्त कविता महत्सवमा नेपाली भाषबाहेकका इच्छुक मातृभाषी कविहरुले बढीमा १५० शब्दसम्मको कविता नेपाली अनुबादसहित माघ २५ गतेभित्र प्रज्ञा–प्रतिष्ठानमा आइपुग्ने गरी पठाउन आग्रह गरको छ ।


साथै उक्त कविताको सफ्ट कपी, कविको तस्बिरसहित व्याक्तिगत विवरणसमेत इमेलमा पठाउन भनिएको छ ।