शिक्षक नियुक्तिमा आरक्षण ब्यबस्था खारेज गर

नवलपरासी/८ पुस-शिक्षा ऐन २०२८ को दफा १६ ड (संशोधन : २०६५ माघ २८)ले शिक्षक पदपूर्ति गर्दा खुला पदको ४५% छुट्याई सो ४५% लाई शतप्रतिशत मानी महिलाका लागि ३३%,आदिबासी जनजातिका लागि २७%,मधेसीका लागि २२%, दलितका लागि ९%, अपांगका लागि ५% र पिछडिएको क्षेत्रका लागि ४% आरक्षणको व्यबस्था गरेको छ ।


तर यो ब्यबस्था अनन्त कालका लागि हुनु हुदैन । साथै एक पटक आरक्षणमा सुबिधा उपभोग गरि सकेको व्यक्तिका लागि पनि हुनु हुदैन । आरक्षण जात वा लिङ्गका आधारमा होइन,बर्ग र गरिबीका आधारमा हुनु पर्छ । शैक्षिक क्षेत्रमा त झन यो आरक्षण उपयुक्त हुँदै होइनख ।


एक जना खुला बिज्ञापनमा ७० नम्बर ल्याएको व्यक्ती प्रतिस्पर्धामा असफल हुन्छ भने ४० अङ्क ल्याउने आरक्षित उम्मेद्वार सफल हुन्छ । के ७० अङ्क ल्याउने उम्मेद्वारले दिने ज्ञान र ४० अङ्क ल्याउनेले दिने ज्ञान एउटै हुन्छ ? ब्राह्मण – क्षेत्री भएकै कारण उच्च अङ्क ल्याउने फालिने र आरक्षणको नाममा कमजोर ब्यक्ती शिक्षा सेवामा प्रवेश पाउनु कति उपयुक्त हुन्छ ?


शिक्षक सेवा आयोगको तयारी गर्नुहुने आरक्षण बिरोधी उम्मेद्वारहरुले शिक्षक सेवा आयोगको आरक्षणको बिज्ञापन बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरौं । आरक्षण निश्चित अवधिका लागि मात्रै हुनु पर्छ । अनन्त कालका लागि होइन । अयोग्य आरक्षितले दिने ज्ञान भन्दा योग्यहरुले दिने ज्ञान अब्बल हुन्छ । शिक्षक नियुक्तिमा आरक्षण ब्यबस्था खारेज गर ।


सर्वोच्च अदालतको अघिल्लो फैसलाको नजिर समेत कायम रहेको अवस्थामा शिक्षक सेवा आयोगले समावेशी बिज्ञापन गर्नु उपयुक्त होइन । एउटै ब्यक्तिले अनेक आरक्षण सुबिधा पाउनु उपयुक्त होइन । आरक्षण खारेज गरौं । क्षमताको सम्मान गरी योग्यलाई सेवा गर्ने अवसर प्रदान गरौं ।
कुसुम न्यौपाने, जनता मावि मंगलचौर अरुणखोला,नवलपरासी (पुर्व)