काठमाडौं /६ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय/शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालनमा रहेका शिक्षण संस्थाहरुको अनुमति नवीकरणका लागि पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ ।
कोभिड १९ का कारण स्थलगत निरीक्षण अनुगमन हुन नसकेको हुनाले विद्यार्थी एवं सरोकारवाला पक्षमा पर्न गएको अन्योलतालाई सम्बोधन गर्न शिक्षामन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकले नवीकरणका लागि पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको हो ।
विदेशी शिक्षण संस्थाको उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशीका २०५९ बमोजिम सबै शिक्षण संस्थाको स्थलगत अनुगमन निरीक्षण गरी ठोस राय सहतिको प्रतिवेदन १५ दिन भित्र पेश गर्ने निर्णय भएको मन्त्रालयले जानाएको छ ।




