शिक्षा मन्त्रालयले माग्यो विद्यार्थी, शिक्षक, प्रअ र व्यवस्थापकको विवरण

काठमाडौं /६ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जनशक्ति विकास योजना तथा समन्वय शाखाले नमुना छनौटमा परेका विद्यालयहरुलाई कक्षाका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापकबारे विवरण माग गरेको छ ।


मुलुकको मानवपूँजी जनशक्ति विकासका लागि विद्यालय तहमा उपलब्ध शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्तिसम्बन्धी अध्ययन गर्नका लागि विवरण माग गरीएको हो ।


मन्त्रालयले मुलुकको मानवपूँजी विकाससम्बन्धी आधारभूत जग हाल्ने विद्यालय भएकोले मन्त्रालयको जनशक्ति विकास योजना तथा समन्वयशाखाबाट काम थलिएको जानकारी गराउँदै कक्षा ८, १० र १२ का विद्यार्थी छात्रा र छात्र गरी ६/६ जना गरी १८ जनाको विवरण र आधारभूत र माध्यामिक तहका २ जना शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यावस्थापन अध्यक्ष वा सदस्य गरी २ जनाको गरेर २२ जनाको फाराम भरेर पठाउन भनिएको छ ।


साथै नेपाल सरकारबाट नमूना विद्यालय प्रस्ताव छनौट भएका विद्यालयहरुको विद्यालय शिक्षा शैक्षिक सेवासूविधा, सहुलियत तथा छात्रवृत्ति, पठनपाठन, विज्ञान तथा प्रविधि र प्रविधि तथा व्यवसायिक शिक्षा लगायत शिक्षक पेसागत सहयोग र आ आफ्ना भोगाई अनुभूतिहरु खुलेर पठाउन भनिएको छ ।


दुइ किसिमको फाराम विद्यालयमा पठाइसकिएको र विद्यालयहरुलाई कक्षाका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापकहरुबाट भरी भराई प्रमाणित गरी पौष मसान्तसम्म पठाउन भनिएको छ ।

यस्तो छ विद्यालयका कक्षा ८,१० र १२ का विद्यार्थीले भर्ने फाराम :

यस्तो छ विद्यालयका शिक्षक, प्रधानाध्यापक र व्यवस्थापकले भर्ने फाराम :