दाङ /२७ मंसिर-स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बबई स्टार लिटिल बोर्डिङ स्कुलको ना ३ ख ९९९३ नं. को बसले बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेको थियो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।



