नविकरण प्रक्रियामा संलग्न नहुने कलेजहरुको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनि

काठमाडौं /९ मंसिर-त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यलयले सम्बन्धन प्राप्त गरेका सामुदायिक तथा नीजि कलेजहरुको सम्बन्धन कार्यक्रम नवीकरण्का लागि समय थप गरेको छ । कार्तिक ३० गतेसम्म समय तोकिएकोमा केहि कलेजले कार्यक्रम नविकरण आवेदन दर्ता नगराएकोले नवीकरण्का लागि समय थप गरेको हो ।

थप गरीएको समय अनुसार माग २० गते भित्र साधरण दस्तुर र सो पछि माग मसान्तसम्म दोब्बर दस्तुर तिरी अनिवार्य रुपमा सम्बन्धन कार्यक्रम नविकरणका लागि आवेदन दर्ता गर्न सूचना जारी गरेको छ ।


थप गरएिको समयसीमा भित्र पनि नविकरण प्रक्रियामा संलग्न नहुने सम्बन्धन प्राप्त गरेका सामुदायिक र नीजि कलेजहरुको सम्बन्धन खारेज प्रक्रिया अगाडि बढाइने चेतावनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *