पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहमा नयँ भर्नाका लागि आवेदन खुला

विराटनगर/७ मंसिर-पूर्वाञ्चल विश्वविद्यालय डीनको कार्यलयले स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ । कला, कानून तथा शिक्षाशास्त्र संकाय, इन्जिनियरिङ संकाय, विज्ञान तथा प्रविधि संकाय र व्यावस्थापन संकायमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।

विश्वविद्यालयले आंगिक एंव सम्बन्धन प्राप्त क्याम्पस,कलेज तथ स्कुलहरुमा सेमेष्टर र वार्षिक परीक्षा प्रणालि अनुसार सञ्चालित स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७८/०७९ का लागि प्रथम सेमेष्टर/वर्षमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको जनाएको छ ।


त्यसैगरी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुले समेत नयाँ भर्नाका लागि आवेदन फाराम भर्न सक्ने जानकारी दिएको छ । प्रवेश परीक्षा एंव अन्य विस्तृत जानकारी पछि प्रकाशित गरीने विश्वविद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *