कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं /७ मंसिर-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षा आवेदन फाराम खुला गरेको छ । बोर्डले २०७९ सालमा सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुला गरेको हो ।


अवेदन फारम मंसिर ७ गते देखि माघ २१ गतेभित्र नियमित दस्तुर र सो समयमा छुटेका परीक्षार्थिका लागि माघ मसान्तसम्म बिलम्ब शुल्क तिरेर भर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


साथै सम्बन्भिधत विद्यालय तथा क्याम्पसहरुले विद्यार्थीको आवेदन फाराम संकलन गरी रकम बुझाएको बैंक भौचर सहित फागुन ७ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने छ ।