काठमाडौं /१ मंसिर-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा,प्रमाणपत्र तहमा अध्ययन गर्न इच्छुक भई आवेदन दिएका आवेदकले प्रि-डिप्लोमा तहमा भर्ना भई अध्ययन गर्न चाहेमा भर्ना हुन सक्ने जनाएको छ ।
साउन ३० प्रकाशित शिप्लोमा तथा प्रमाणपत्र तहको भर्ना प्रक्रिया सम्बन्धी सूचना अनुसार आवेदन फारम भरी आइटी.एम.एस.मा इन्ट्री गरी भर्ना प्रक्रियामा रहेका आवेदकहरुले यदि प्रि-डिप्लोमा तहमा भर्ना भई अध्ययन गर्न चाहेमा भर्ना हुन सक्ने जनाएको हो ।
सिटिइभिटीले प्रि-डिप्लोमा तहका कुनै पनि कार्यक्रमहरुमा कोटा रीक्त रही भर्ना हुन चाहेमा भर्ना प्रक्रियामा सहभागी भई उत्र्तीणको सूचिमा रहेको प्रमाणपत्र सहित आवेदन दिएमा निशुल्क आवेदन लिई भर्ना प्रक्रिया अगाडि बढाउन सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ ।



