काठमाडौं/२५ कार्तिक-सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको दरखास्त आह्वान गरेको छ । ऐनको दफा ४ क को उपदफा (३) बामेजिम सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यावस्था रहेकाले दरखास्त आह्वान गरेको हो ।
साथै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०७८ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरुबीच योग्यताक्रम निर्धारण गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवार अध्यक्ष नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने व्यावस्था भएकोले सिफारिस समितिको लागि इच्छुक व्याक्तिबाट दरखास्त आह्वान गरिएको छ ।
इच्छुक व्यक्तिले मंसिर ९ गते भित्र सिफारिस समितिको सचिवालय नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यलय समय भित्र दरखास्त पेश गर्नुपर्ने छ ।





