शिक्षक सेवा आयोग द्धारा बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक

काठमाडौं/१६ कार्तिक-शिक्षक सेवा आयोगले बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिबाट बढुवा सिफारिस भएका लिखित विज्ञापन अनुसारका शिक्षकहरुको बढुवा नामावली चित्त नबुझी आयोगमा उजुरी दिएको आधारमा बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको हो । आयोगले नियमावली,२०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गरिएको जनाएको छ ।