दैलेख /१६ कार्तिक-दैलेखमा एक विद्यालयका प्रधानाध्यापकले दलित महिला माथि आक्रमण गरेका छन् । श्री कृष्ण माध्यमिक विद्यालय गुराँस छ सानाकाडा दैलेखका प्रधानाध्यापक सुरेन्द्र कुमार चन्दले पानीको विषयमा झुमा बिक माथी आक्रमण गर्नुका साथै ज्यान मार्ने धम्की दिएका हुन् ।
कार्तिक १३ गते घर माथि रहेकोे ट्यांकीको पानी झुमा बिकका छोराछारीले खोलिदिएको र पानि बगेको विषयमा विवाद हुँदा पसलमा खादै गरेको तातो चिया महिला माथि खन्याएको पिडित महिलाले बताएकी छन् । साथै उनले ढुङ्गा प्रहार गर्दा खुट्टामा चोट लाग्नुका साथै मारेर पानी ट्याङ्कीमा फाल्ने धम्की दिएको बताइन ।
आफु दलित भएकै कारण आक्रमण भएको, मारेर फालिदिने धम्की दिएको र गाली गलौँज गरेको उनले बताईन ।
महिलालाई अपशब्द बोल्ने, गाली गर्ने गरेको र मारेर फालिदिन्छु भन्दै महिला माथि आक्रमण गरेको प्रत्यक्षदर्शिले बताएका छन् । पिडित महिलाले प्रधानाध्यापक सुरेन्द्र कुमार चन्द विरुद्ध जिल्ला प्रहरी कार्यलय दैलेखमा आज निवेदन दर्ता लागि सदरमुकाम आएको बताइन ।
हरेक कुरामा आक्रमण शैलीमा प्रस्तुत हुने र पटक पटक आफ्नै स्कुलका शिक्षक र महिला शिक्षक माथी पनि यस्तै आक्रमण शैलीमा प्रस्तुत हुने गरेको एक जना शिक्षकले बताए छन् ।



