काठमाडौं /१५ कार्तिक-शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा शाखा मापदण्ड निर्धारण शाखाले कार्तिक महिनामा परेको वर्षाका कारण विद्यालयमा पुगेको क्षति विवरण पठाउन आग्रह गरेको छ ।
सबै स्थानीय तहलाई पूर्ण रुपमा क्षति पुगेका विद्यालयको नाम ,कोठा संख्या, विद्यालयको आई.ई.एम.आई.एस.कोड नं. र आंशिक रुपमा पुगेको क्षतिको संख्यात्मक विवरण पठाउन आग्रह गरेको हो ।
साथै मानवीय क्षति सहितको विवरण एक हप्ता भित्र पठाउनु हुन सबै स्थानीय तहलाई भनिएको छ ।



