काठमाडौं/३ कार्तिक –सिटिइभिटि बागमती प्रदेश र गण्डकी प्रदेश कार्यलयले प्रि-डिप्लोमा तथा डिप्लोमा तहको निशुल्क छात्रवृत्ति तर्फको नतिजा यस भन्दा अगाडि बागमती प्रदेशले असोज ६ र ७ र गण्डकी प्रदेशले ५ गते डिप्लोमा तहको नतिजा प्रकाशन गरिसकेको जानकारी दिदै रिक्त कोटाको लागि वैकल्पिक सूचिमा रहेका उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको छ ।
डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा तहको शैक्षिक सत्र २०७८/०७९ का लागि निशुल्क छात्रवृत्तिमा आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतीजा प्रकाशन गरिसके पनि प्रकाशित नतिजा बमोजिम सिफारिस गरिएको शिक्षण संस्थामा तोकिएको मिति र समय भित्र भर्ना हुन नआई रिक्त रहेका कोटाहरुमा पुनः सिफारिस गर्दे वैकल्पिक सूचिमा रहेका उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको हो ।
निशुल्क छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरु कार्तिक ९ गते सम्म कार्यलय समय भित्र अनिवार्य रुपमा आफ्नो शैक्षिक योग्यता , नागरिकता आफु वर्गीकृत छात्रवृत्तिको जुन समुहमा छनोट भएको हो सोको सक्कल प्रमाण पत्र र अनलाईन छात्रवृत्ति आवेदन फारम भर्दा प्रप्त भएको प्रवेश पत्र सहित भर्नाका लागि उपस्थित हुनु पर्ने जनाएको छ ।
डिप्लोमा, प्रमाणपत्र तह प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७४ तथा प्रिडिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन छात्रवृत्ति वितरण एंव भर्ना सम्बन्धि निर्देशिका २०७७ र सूचनामा उल्लेख गरिए अनुसार वरियताक्रमको आधारमा नतिजा प्रकाशित गरिएको जनाएको छ ।





