चितवन /३१ असोज- व्रिटिश काउन्सिल इन्टरनेशनल स्कूल अवार्ड (ISA) एक बेंचमार्किंगयोजना हो जसले स्कूलहरुको लागि एक उत्कृष्ट स्तरको लयले अघि बढ्नका लागि युवा विद्यार्थीहरुमा वैश्विक नागरिकको क्षमताको पोषण र शिक्षण र सिकाइमा समृद्ध हासिल गराउँदछ । यसले विद्यार्थीहरु,शिक्षकहरु र सम्पूर्णतामा स्कूलभित्र एक सकारात्मक प्रभाव बढाउन सहयोगी रहन्छ । यसवाट अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त गर्ने प्रमुख लाभ पनि लिन सकिने अवस्था बन्छ । ISA नेपाल २०१२ बाट शुरु गरिएको थियो र अहिले सम्म देश भरमा लगभग २६७ स्कूलहरु यो रोमाञ्चक यात्रामा सामेल भएका छन् । हालका दिन सम्म इन्टरनेशनल स्कूल अवार्डको विश्वव्यापी ३१ देशहरुमा लागु भएको छ ।
चितवनको कालिका नगरपालिकामा रहेको सामुदायिक मावि भीमोदय नमुना माध्यमिक विद्यालयले पनि यो वर्षको अक्टुवर महिनामा इन्टरनेशनल स्कूल अवार्ड पाउने दौडको अन्तिम चरणमा रहेको छ । विद्यालयले २०७६ मङ्सिर देखि नै यसका लागि प्रोजेक्ट छनोट, प्रोजेक्ट कोर्डिनेटरहरुको नियुक्ति, विद्यार्थी समुहहरुको निर्माण, ओरिन्टेसन तथा शिक्षक तालिम, international partner स्कूलहरुको खोजि एवं विभिन्न ८ ओटा प्रोजेक्टहरु सँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्दै आएको छ । यसको लागि काठमाण्डौ स्थित व्रिटिश काउन्सिलले school ambassador को रुपमा उर्वर्शी खड्का,क्षेत्रीलाइ फेसिलेटर एवं समन्वयकर्ताको जिमेवारी तोकेको छ । यस अघि बिभिन्न चरणमा व्रिटिटिश काउन्सिलले प्रअ र ISA कोर्डिनेटर शिक्षकलाई यस सम्बन्धमा काठमाण्डौ स्थित पार्क होटेलको ज्ञान रिसर्च केन्द्रमा तालिम प्रदान गरेको थियो ।
विद्यालयले यादव न्यौपाने सरको नेतृत्वमाinternational Collaborative projects अन्तर्गत ताइवानको TAOYUAN MUNICIPAL WU-LING SENIOR HIGH SCHOOL सँग नेपालको एक सिंगे गैंडा संरक्षणको “SAVE ME,I AM IN DANGER” शिर्षकको प्रोजेक्ट, सावित्री भट्टराई मेडमको नेतृत्वमा स्थानीय बोटे जातिका महिला शसक्तिकरणका लागी“ WHAT A FAULT BEING A DAUGHTER ? ” शिर्षकको प्रोजेक्टमा दिल्ली स्थित PINEWOOD SCHOOL सँग र अजय महतो सरको नेतृत्वमा पाकिस्तान स्थित GOVT GIRLS ELEMENTARI SCHOOL सङ्ग स्थानीय थारु संस्कृति सँग सम्बन्धित “THARU SPINING STICKS ” प्रोजेक्ट शिर्षकमा सहक्रियाकलाफारू संचालन गरेको छ ।
यस्तै गरि In- School Project अन्तर्गत विद्यालमा शन्तोष भण्डारी सरको नेतृत्वमा स्कूल सँगै कमाई गर्ने कार्यक्रम च्याउ खेतिको “Room Room any Room for Mushroom!” शीर्षकको प्रोजेक्ट र किशोर श्रेष्ठ सरको नेतृत्वमा हरियाली बिद्यालय हाता बिकास गर्न “Our School, An Eco-friendly School” शिर्षकको प्रोजेक्टमा बिद्यार्थी सहभागितामा बिबिन्न क्रियाकलाफारू संचालन गरेको छ ।
त्यसैगरि 20% Local Curriculum project अन्तर्गत सुबास बिडारी सरको नेतृत्वमा कक्षा ४ र ५ को लागि “कृषि व्यवसाय–केरा खेती” नामको स्थानीय पाठ्यक्रम निर्माण गरि शिक्षण गरिएको छ । Public Private Partnership project अन्तर्गत बिज्ञान शिक्षक गणेश पौडेल सरको नेतृत्वमा स्थानीय संस्थागत बिद्यालय चितवन आवासीय मावि सँग “Slow SandFiltration” शिर्षकको प्रोजेक्टमा क्रियाकलापहरू गरिएको छ । विद्यालयले माया लोहनीको नेतृत्वमा ISA मा तल्ला कक्षाहरुको सहभागिता सुनिस्चित गर्न अंग्रेजी भाषा प्रवर्दन गर्ने उदेश्यले अतिरिक्त प्रोजेक्ट अन्तर्गत“Nepalese Students and English Language” शिर्षकमा भाषा सिकाइको क्रियाकलापहरु संचालन गरेको अवस्था छ ।
यी सबै प्रोजेक्टहरुको संचालनमा शिक्षक इन्द्रनाथ पौडेलले ISA –Coordinator को रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । सबै प्रोजेक्टहरुमा पाठ्यक्रम केन्द्रित क्रियाकलाप,पार्टनर स्कूलहरु सङ्ग सहक्रियाकलाप,दिगो बिकासका लक्ष्यहरूको कार्यान्वयन,शिक्षकहरुको निरन्तर पेशागत विकास,पाठ्यक्रमको अधिकांस क्षेत्रको प्रतिनिधित्व,सबै उमेर र कक्षाका विद्यार्थीहरुको सहभागिता र वर्षभरि नै किर्याकलाप गर्ने मुख्य लक्ष्य रहेको छ ।
पछिल्लो समय सामुदायिक विद्यालय भए पनि भीमोदय नमूना माविले विद्यालयलाई विद्यार्थी केन्द्रित सिकाइमा जोड दिने नीति अवलम्वन गरेको छ । यहि कारणले हालका दिनहरुमा विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो अवस्थामा पुगेको छ । विद्यालयको वर्तमान प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल र उँहाको टिम विद्यालयमा सिकाइको नयाँ आयाम भित्राउन निरन्तर लागि परिरहेको कुरा त्यहाका अभिभावकहरु खुसि साथ वाताउँछन । विद्यलाका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेलका अनुसार आगामी महिना विद्यालयले इन्टरनेशनल स्कूल अवार्डको प्रमाण पत्र प्राप्त गर्ने छ । यस संगै वेलायतका बिद्यालयहरु संग भीमोदयले सहकार्य गर्ने अवसरको ढोका खुल्ने छ ।

















