अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल

काठमाडौं /२ असोज-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को सचिवालय बैठकबाट सुनीता बराल अध्यक्षमा चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले अनेरास्ववियुको नेतृत्व पुनर्गठन गर्दे बराललाई अध्यक्षमा चयन गरेको हो ।


त्यसैगरी कल्पना वाइवा उपाध्यक्षमा र समिक बडाल महासचिवमा चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)नेकपा एमालेको विद्यार्थी संगठन हो ।