अर्थमन्त्रीको शिक्षामा नयाँ कार्यक्रम , शिक्षक अस्पताल निर्माणका लागि अध्ययन गरिने

काठमाडौं /२५ भदौ – अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने बताएका छन् । शुक्रबार संसदमा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उक्त कुरा संसदमा प्रस्तुत गरेका हुन ।


उनले शिक्षासम्बन्धी नयाँ कार्यक्रम प्रस्तुत गर्दे प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने, प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने, विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जस्ता कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले शिक्षक अस्पताल स्थापना गर्न शिक्षकहरुको मागलाई सम्बोधन गरे पनि निजामति कर्मचारी र शिक्षक विच गरीएको विभेदको बारे भने कतै सम्बोधन गरेनन् ।


यस्ता छन् शर्माका शिक्षामा नयाँ कार्यक्रम

  • सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहँुच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिनेछ । यसले गुणस्तर शैक्षिक सामाग्रि पाठयक्रम समेत उत्पादन गरि विद्युतिय माध्या द्धारा प्रदेश भरीका सार्वजनिक विद्यालयहरुमा उपलब्ध गराउने पप्रबन्ध गरेको छु ।
  • गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवम् विद्यार्थी संख्यासमेतका आधारमा बालशिक्षा देखि माध्यमिक शिक्षासम्मको नक्शाङ्कन तयार गरी कार्यान्वयन गरिनेछ । भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यान्वयन गरिनेछ । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई “पढ्दै कमाउँदै कार्यक्रम” सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिनेछ।
  • शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ ।
  • विश्वविद्यालयहरूलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ । मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रवन्ध गरिनेछ ।

https://www.mof.gov.np/uploads/news/file/1631272131_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8%20%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A5%87%E0%A4%AF%E0%A4%95%20Final%20with%20annex%20-%20Press.pdf