सिटिइभिटि द्धारा डिप्लोमा तहको परीक्षा आवेदन फरम भर्ने समय थप

काठमाडौं/१८ भदौ-सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका नियमित, आंशिक परीक्षाको आवेदन फरम भर्ने समय थप गरेको छ । विभिन्न कार्यक्रमहरुको दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित,आंशिक परीक्षाको आवेदन फरम भर्ने समय थप गरेको हो ।


मुलुकका केहि भागमा निषेधाज्ञा एंव वाढी पहिरोका कारण यातायात सञ्चालनमा अवरोध भएकाले आवेदन फारम भर्न छुटेका परीक्षार्थीहरुका लागि भदौ २५ गते सम्मलाई समय थप गरेको जनाएको छ ।