फाईल तस्विर
धनुषा/१६ भदौ-कोभिड १९ का कारण बन्द रहेका धनुषाका शैक्षिक संस्थालाई खोल्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाले कक्षा ६ भन्दा माथिका कक्षाहरू विद्यार्थीको भौतिक सपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको छ ।
शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसी बाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।
विद्यालय सञ्चालन गर्दा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन, भौतिक दुरी कायम रराख्ने तथा प्रत्येक कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने जीता कुरालाई अनिवार्य गरिएको छ ।



