काठमाडौं/११ भदौ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटिले) डिप्लोमा तह विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको वार्षिक परीक्षा प्रणालीका नियमित,आंशिक परीक्षा आवेदन फारम खुला गरेको छ ।
परीषद्ले विभिन्न कार्यक्रमको प्रथम वर्ष,दोस्रो वर्ष र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा सञ्चालन हुने भएकोले नियमित शुल्कमा भदौ २५ गतेसम्म र विलम्ब शुल्कमा असोज ४ गतेसम्म अवेदन भर्न नाकारी गराएको छ ।




