सिटिईभिटिले निर्धारण गरेको शुल्क लिन निर्देशन, वैकल्पिक विधिमा १५ प्रतिशत शुल्क छुट


काठमाडौ/९भदौ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटि) कार्यलयले निर्धारण गरे बमोजिमको शुल्क कार्यन्वयन गर्न निर्देशन दिएको छ । प्रमाणपत्र, डिप्लोमा तह र प्रिडिप्लोमा तहका विभिन्न कार्यक्रमहरुको शुल्कलाई वैज्ञानिक व्यावहारीक बनाई शुल्क कार्यन्वयन गर्न निर्देशन दिएको हो ।


परिषद्ले आंगिक, परिषद् अन्र्तगत सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र साझेदारीमा सञ्चालित प्रमाणपत्र, डिप्लोमा तह र प्रिडिप्लोमा तहका विभिन्न कार्यक्रमहरुमा फरक फरक शिक्षण शुल्क भएका कारण आर्थिक वर्ष २०७८ /०७९ देखि परिषद्ले निर्धारण गरे बमोजिमको शुल्क कार्यन्वयन गर्न निर्देशन दिएको छ ।


कोभिड-१९ को कारण अधिकांश शिक्षालयहरुमा वैकल्पिक माध्यमबाट पठन–पाठन भएकोले कम्तीमा १५ प्रतिशत शुल्क छुट गर्न भनिएको छ । परिषद कार्यलयबाट वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि २०७७ लागु भई पठनपाठन भएको मितिदेखि वैकल्पिक माध्यमबाट मात्र पठनपाठन भएको अवस्थामा वैकल्पिक विधिबाट प्रशिक्षण भएको अवधिमा लिइएको वा लिइने शुल्कमा १५ प्रतिशत शुल्क छुट गर्न निर्देशन दिएको हो ।


साथै शुल्क छुटका लागि परिषद् अन्र्तगत सञ्चालित आंगिक, साझेदारीमा सञ्चालित शिक्षालय तथा प्रतिष्ठान, टेक्स र निजी स्तरमा सञ्चालित शिक्षालयहरुलाई निर्देशन दिएको छ ।