विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चलन गर्नेे निर्णय

धनुषा/८ भदौ-धनुषाको मिथिला नगरपालिकाले नगरक्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चलन गर्ने निर्णय गर्दे परीपत्र जारी गरेको छ । सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी भौतिक रुपमा विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने वातावरण बनाई नियमित रुपमा विद्यालय सञ्चालन गर्न परीपत्र जारी गरेको हो ।


नगर शिक्षा समितिको भदौ ४ गतेको बैठकको निर्णय आनुसार नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम र स्वास्थय तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको स्वस्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गर्दे विद्यालय सञ्चलन गर्ने निर्णय गरिएको शाखा अधिकृत सीता कुमारी काफ्लेले बताइन ।


साथै विद्यालय व्यावस्था समिति ,शिक्षक, कर्मचारी जनप्रतिनिधि लगायतका सम्पूर्ण सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी विद्यालय सञ्चालन गर्न नगरभित्रका सबै विद्यालयलाई आग्रह गरीएको छ ।