काठमाडौं/३ भदौ–शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति गरेको १५ दिन बढी भईसक्दा पनि आयोगले गतिलिन सकेको छैन । सबै भन्दा पहिला लाईसेन्स अनुमति पत्रकोलागि परीक्षा खुला गर्ने भनिएपनि अझै केहि समय लाग्ने आयोगले जनाएको छ ।
लाईसेन्स अनुमति पत्रकोलागि नियमावलि संशोधन,पाठ्यक्रम निर्माण गर्न नपर्ने भएपनि यसअघिका अनुमति पत्रहरुमा भएका त्रुटिलाई सच्याउनु पर्ने भएकोले केहि समय लाग्ने आयोगको भनाई छ । साथै पुराना रोकिएका काम सकेरमात्र लाईसेन्स अनुमति पत्र खोलिने जनाएको छ ।
शिक्षक सेवा आयोगले कार्ययोजना सर्वजनिक गरेर कामगर्ने भनिए पनि अहिले सम्म कार्ययोजना सर्वजनिक गर्न सकेको छैन । यसको लागि कार्ययोजना बन्दै गरेको र केहि दिनमा सार्वजनिक गर्ने तयारीमा रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । त्यसैगरी सदस्य सचिवको संयोजकत्वमा समिति बनाइएको र समितिको प्रतिवेदनका आधारमा आयोगका रोकिएका काम अगाडी बढ्ने मरहठ्ठाले जानकारी दिए ।

आयोगले सबै भन्दा पहिला त्रुटिभएका अनुमति पत्रहरुलाई सच्याउने त्यसपछि अस्थाई अनुमति पत्र लिएकाहरुलाई स्थायी अनुमति पत्र वितरण गर्ने र अनिमात्र अध्यापन अनुमति पत्र खोलिने र त्यसका लागि साउनको अन्तिमबाट प्रक्रयामा जाने भनिए पनि काम अगाडि बढ्न सकेको छैन ।
त्यसैगरी लाइसेन्स, बढूवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने भन्दै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आयोगले जनाएको छ ।
आयोगले रिक्त रहेको लामो समय पछि पदाधिकारी पाएको र त्यो भन्दा अगाडि देखि नियुक्ति, छनोट र बढुवाका अवरुद्ध भएका प्रक्रियाहरुलाई तुरुन्त सुचारु गर्नु पर्ने देखिन्छ । तर यसका लागि नियमावली संशोधन अनिवार्य गर्नुपर्ने आयोगको भनाई छ ।
नियमावली संशोधन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको र नियमावली संशोधन भएर आए लगत्तै आन्तरिक बढुवा तथा खुला विज्ञापनको परीक्षा गर्ने तयारीमा आयोग रहेको जानकारी दिएको छ ।
त्यसैगरी शिक्षक विज्ञापन गर्नको लागि केही नयाँ विषयको पाठ्यक्रम निर्माण गर्नु पर्ने भएको र पाठ्यक्रम निर्माण भएको कम्तिमा तिन महिनाको समय राखेर विज्ञापन खोल्नुपर्ने प्रावधान रहेको छ ।



