काठमाडौँ /२ भदौ-सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा (साविकको प्राविधिक एस.एल.सी) तहको वर्गिकृत छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।
परिषद्ले प्रि–डिप्लोका विभिन्न कार्यक्रमहरु अन्र्तगत यसै शैक्षिक सत्रमा भर्ना सम्बन्धि विशेष व्यावस्था बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्याक्तिहरुबाट आवेदन माग गरेको हो ।
साथै योग्यता पुगेका व्याक्तिहरुले भदौ २३ गते भित्र विद्युतिय माध्यमबाट रीतपूर्वक आवदन फारम भर्न जानकारी गराएको छ ।




