काठमाडौं/२८ साउन- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका र त्यसका तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव स्तरीय निर्णय गर्दे परीक्षा दिने क्रममा रहेका ६० हजार विद्यार्थीलाई खोप उपलब्ध गराउने भएको हो । तर खोप लिनका लागि विद्यार्थीले परीक्षाका लागि वितरित प्रवेश पत्र देखाउनु पर्ने छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा.झलक गौतमले मन्त्रालयको निर्णय आनुसार त्रिवि अन्र्तगतका विभिन्न संकाय र तहमा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप लगाइने बताउनु भयो । उहाँले परीचयपत्रको भरमा भने खोप नदिने भन्दै त्यसका लागि प्रवेशपत्र देखाउनु पर्ने वताउनु भयो । गोरखापत्रमा खबर छ ।


