बालबालिकाका लागि खोप ल्याउँदैछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं/२८ साउन-सरकारले बालबालिकाको लागि खोप ल्याउने तयारी गरिरहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । उनले फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन ।
साथै विद्यार्थीहरुको नियमित पठन पाठनमा प्रभाव परेको भन्दै त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए ।


श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप प्राप्त भएको र ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको जनाए । उनले आगामी असोजसम्म १ करोड ८ लाख थप खोप आइपुग्ने जानकारी गराए ।


माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने बताउँदै माघसम्म कुल ५ करोड २३ लाख खोप पुग्ने बताए ।


हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।