काठमाण्डौं /१० साउन–शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको प्रकृया अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सकेसम्म एक दुई दिनमा नै नियुक्ति गर्ने प्रकृयामा रहेको जनाएको छ ।
यस विषयमा रमेश भट्टराई, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्षा केशव निरौला र निवर्तमान उपाअध्यक्षा गोकर्ण बाँनिया सहित शिक्षकहरुको समुहले दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्याक्त गर्नु भएको थियो ।
प्रधानमन्त्रीको चाँसो र गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन सँगै शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति तुरुन्त गरीने भएको प्रधानमन्त्रीको कार्यलय स्रोतले जानाएको छ । स्रातका अनुसार प्राविधिक गडबड केहि नभए भोलि वा पर्सिमा पदाधिकारी नियुक्ति गरिने जनाएको छ ।
केहि दिन अगाडि गृहमन्त्री बालकृष्ण खाँडले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको प्रकृया तत्काल थाल्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्नका लागि आगामि क्याविनेटको बैठकमा ऐजेण्डाको रुपमा लैजान शिक्षा सचिव रामप्रसाद थपलियालई निर्देशन दिनु भएको थियो ।
। साथै बजेटको आवश्यकता पर्ने भए त्यसको जिम्मेवारी आफुको रहेको भन्दै अर्थसँग समन्वय गरेर त्यसको व्यावस्थापन गरिने समेत प्रतिवद्धा गर्न भएको थियो ।
महिनौ बितिसक्दा पनि शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति हुन नसक्दा रिक्त शिक्षक पदमा खुला विज्ञापन प्रकृया र शिक्षक बढुवा प्रक्रिया नराम्रोसँग प्रभावित भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष पदको उम्मेदवार एंव संक्षिप्त सुचिमा परेका खुला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरुको नाम छनौट गरेर सार्वजनिक समेत गरिसक्दा पनि पदाधिकारी नियुक्ति गर्न सकेको थिएन ।
पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र, शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम रोकेको छ भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै भएको छ ।
शिक्षक सेवा आयोगमा अहिले ४० जना कर्मचारीहरु कार्यरत छन् । शिक्षक सेवा आयोगको अध्यक्ष पद खाली हुँदा सबै काम थाँती रहेको छ ।



