निःशुल्क अध्ययनका लागि दरखस्त आह्वान


काठमाडौं /९ साउन-नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रावृत्ति शाखाले छात्रावृत्तिमा बिएस्सि फरेष्ट्रि विषय पढ्न चाहाने विद्यार्थीका लागि आवेदन माग गरेको छ ।


शैक्षिक सत्र २०७७ /०७८ मा सिद्धान्त क्याम्पस, गैडाकोट नवलपरासीमा स्नातक तह बिएस्सि फरेष्ट्रि विषयमा निःशुल्क अध्ययन गर्न चाहानेहरुका लागि दरखस्त आह्वान गरेको छ ।


विस्तृत जानकारी मन्त्रालयको वेभसाइट www.moest.gov.np मा हेर्न सकिने जनाएको छ ।