काठमाडौं /९ साउन-त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले उपप्रध्यापक पदको लिखित परीक्षाको समय तालिका र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
उप्रध्यापक पदका विभिन्न विषयका विज्ञापनमा आवेदन दिई न्युनतम योग्यता पुगेका उम्मेदवारहरुको लिखित परीक्षाको समय तालिका र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
त्यसैगरी परीक्षाको लागि प्रवेशपत्र भाद्र ५ गते आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाएको छ । साथै प्रवेशपत्र प्रष्ट देखिने गरी रंगिनमा प्रिन्ट गर्नु पर्ने छ ।



