काठमाडौं /६ साउन-प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकहरुका माग छिटै सम्बोधन गरीने बताउनु भएको छ । बुधबार बिहान शिक्षकहरुसँगको भेटघाटमा शिक्षकहरुको समस्या बारे आफु जानकार रहेको भन्दै यसबारे छिटै प्रकृया अगाडि बढाईने बताउनु भएको हो ।
नेपाल शिक्षक महासङ्घका पूर्व अध्यक्ष केशव निरौलाले सरकारले शिक्षकहरुलाई विभेद गर्दे आएको र राज्यको महत्वमा शिक्षकलाई नराखेका कारण सर्वोच्च अदालत जान बाध्य भएको जानकारी गराउँदै सर्वोच्च अदालतले फैसला नगर्दे अगाडिनै शिक्षकका सम्पुर्ण माग पुरा गर्न आग्रह गर्नु भयो ।
नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाँले शिक्षकसेवा आयोगका पदाधिकारी तत्काल नियुक्ति गर्न,शिक्षा ऐनलाई संशोधन गरी शिक्षकका माग समावेश गर्न, सबै स्थानीय तहमा एकै प्रकारको परीचय पत्र वितरण गर्न,शिक्षक मर्यादाक्रम निर्धारण गर्न, साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरुको स्थायी नियुक्तिको प्रक्रिया बढाउन, विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुको दरबन्दी श्रृजना र न्युनतम पारिश्रमिकको व्यावस्थापन संघिय सरकारबाट स्थायीत्वको व्यावस्था गर्न,निजामति कर्मचारी र शिक्षक विचको विभेद हटाई बजेट संशोधन गर्न,शिक्षक अस्पतालको व्यावस्था गर्न लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
भेटघाटमा आफना समस्याहरु राख्दै रमेशबाबु भट्टराइले निजामती कर्मचारी र शिक्षकबीचमा बजेटले गरेको विभेद र शिक्षक पनि राष्ट्र सेवक रहेको जानकारी गराउनु भएको थियो । साथै यस विषयमा आफ्नो नेतृत्वमा शिक्षकहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन बाध्य भएको जानकारी गराउनु भयो ।
शिक्षकका मागहरु छिट्टै पुरा गर्न आग्रह गर्देे लामो समयदेखि शिक्षकसेवा आयोगका पदाधिकारी नियुक्ति नहुँदा शिक्षकहरुको विज्ञापन राकिएको , बढुवामा समस्या भएको र लाइसेन्सको परीक्षा तगायत सबै रोकिएकोले यस अघि नै शिक्षक सेवा आयोगमा सिफारिस भएका व्याक्तिहरुलाई तत्काल नियुक्ति गरी सहज गरिदिन भट्टराइले आग्रह गर्नु भयो ।
त्यसैगरी अन्य मागहरुमा देशै भरका शिक्षकहरुलाई एकै किसिमको परिचयपत्र उपलब्ध गराउन, मर्यादाक्रम यथाशीघ्र लागू गर्न, शिक्षा ऐनलाई छोटो भन्दा छिटो जारी गर्न बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको तलब केन्द्रीय सरकारले वहन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकहरुको समस्या बुझको र शिक्षकहरुका माग पुरा गर्नका लागि नेपाली कंग्रेसलेनै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय राख्न चाहेको जानकारी गराउनु भयो ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँडले शिक्षकहरुका माग तत्काल पुरा गर्नका लागि आफु लागि परेको जानकारी गराउँदै शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिको प्रकृया तत्काल थाल्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्नका लागि आगामि क्याविनेटको बैठकमा ऐजेण्डाको रुपमा लैजान शिक्षा सचिव रामप्रसाद थपलियालई निर्देशन दिनु भएको छ । साथै बजेटको आवश्यकता पर्ने भए त्यसको जिम्मेवारी आफुको रहेको भन्दै अर्थसँग समन्वय गरेर त्यसको व्यावस्थापन गरिने प्रतिवद्धा गर्नु भयो ।
कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शिक्षा ऐनमा समावेश नभएका कुरालाई समावेश गरीने प्रतिवद्धता व्याक्त गर्दे शिक्षकहरुका माग पुरा गर्नका लागि मन्त्री परिषद्मा भुमिका निर्वाह गर्ने बताउनु भयो ।
भेटघाटमा नेपाल शिक्षक संघका पूर्व उपमहासचिव ज्ञानेन्द्र रावल, नेपाल शिक्षक संघ सुदूर पश्चिमका प्रदेश अध्यक्ष विर्ख मल्ल, नेपाल शिक्षक संघ प्रदेश नं. २ का महासचिव, नेपाल शिक्षक संघ संघिय समितिकी उपमहासचिव धनकला भण्डारी, नेपाल शिक्षक संघ भक्तपुर अध्यक्ष सहदेव सहकर्मी र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निवर्तमान उपमहासचिव राजेन्द्र अधिकारीको समेत सहभागिता रहेको थियो ।







