भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि पहल

लहान/६ साउन-लहान नगरपालिकाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी वैकल्पिक विधिकाट पढ्न नजोडिदाँ माथिल्लो कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन हुनुपर्नेमा साझा धारणा बनाएर यसका लागि सरोकारवाला निकायहरुसंग पहल थालिएको छ ।


लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यलायका व्यावस्थापन समितिका अध्यक्ष रामनारायण मेहेता र विद्यालयका प्राधानाध्यापक शिवशङ्कर मेहेताले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक व्यावस्थापन समिति र लहान नगरपालिकाको शिक्षा समितिका सदस्यहरुसँग छलफल गरेर यस्तो पहल थालिएको हो ।


कोभिड १९ का कारण बन्द रहेका विद्यालय अब विस्तारै कक्षा ६ देखि माथिका कक्षाहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालनमा आउनुपर्ने सामुदायिक विद्यालयहरुको तर्फबाट शिक्षक सघं लहानका अध्यक्ष अरविन्द दास र नेपाल शिक्षक संघठन लहानका सचिव राम विलेक्षण महतो,प्याव्सनका मुरारी प्रसाद साह र एन प्याव्सन प्रदेश २ का अध्यक्ष जयप्रकाश चौधरीले धारणा राख्नु भयो ।


उहाँहरुका अनुसार सबै क्षेत्र करिब करिब खुलिसकेको अवस्थामा स्वस्थ्य मापदण्डको पालना गरेर भौतिक दुरिको मापदण्ड अपनाएर सबै विद्यालयहरु खोल्न जिल्ला अधिकारी लगायतका निकायहरुसँग शैक्षिक संस्था खोल्न आग्रह गर्नु भयो ।


वैकल्पिक विधि अनलाईन प्रणालिमा जति प्रयास गरेपनि विद्यार्थी जोडिन नचाहेपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालनमा जोड दिएका छौं । अभिभावकले समेत सबै क्षेत्र खलिसकेको अवस्थामा विद्यालय खोल्नुपर्ने माग गर्न थालेपछि विद्यालय सञ्चालनका लागि पहल शुरु गरेको लक्ष्मण कुशवाह माध्यामिक विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष रामनारायण मेहेताले जानकारी दिनु भयो । गोरखापत्रबाट


अनलाइन विधिबाट कुल विद्यार्थी संख्याको दश प्रतिशत विद्यार्थी मात्रै जोडिएको भन्दै लहान सामुदायिक संस्थागत शैक्षिक क्षेत्रलाई स्वस्थ्य विज्ञहरुले दिएको मापदण्ड वा निर्देशनलाई ध्यानमा राखेर भौतिक उपस्थितिमा विद्यालय तथा क्याम्पस सञ्चालनमा ल्याउनुपर्ने लहान स्थित जेएस मुरारका क्याम्पस पमुख तलसीराम पोखरेलले बताउनु भयो ।


यता लहान नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख मुनि साहले विद्यालय सञ्चालनमा ल्याउन स्वस्थ्य मापदण्ड पुरा गर्ने विश्वसनीयता वातावरण बनाउने प्रतिवद्धता देखाएमा जिल्ला प्रशासन र स्वस्थ्य कार्यलयबाट विद्यालय सञ्चालनमा ल्याउन पहल थाल्ने जानकारी दिनुभयो ।