काठमाडौं /७ असार-त्रिभुवन विश्वविद्यलाय व्यावस्थापन संकाय डीन कार्यलयले मास्टर अफ बिजनेस स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिट्रेशनको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । तेश्रो सत्रको नियमित परीक्षाको संशोधित परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
सेमेष्टर प्रणलिमा संचालित मास्टर अफ बिजनेस स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिट्रेशन कार्यक्रमको २०७६ मा दोस्रो सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०२० अघि भर्ना भई फारम भरी अनुत्तिर्ण वा अनुउपस्थित भएका आंशिक परीक्षार्थीहरुको समेत नियमित परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको जनाएको छ ।




