चीनमा बालबालिका विद्यालय जान परिवारका सबै सदस्यले खोप लगाउनु पर्ने

काठमाडौं/१ साउन-चीनमा बालबालिका विद्यालय जानका लागि परिवारका सबै सदस्यले अनिवार्य कोभिड १९ बिरुद्धको खोप लगाएको हुनुपर्ने व्यावस्था गरेको छ । आगामी सेप्टेम्बर महिनादेखि सामुदायिक विद्यालय सञ्चालनमा आउने भएपछि चीनले उक्त व्यावस्था गरेको हो ।


बीबीसीका अनुसार गुआङ्सी प्रान्तको बेइलिउ शहरमा बालबालिकालाई विद्यालय पठाउनका लागि परिवारका सबै सदस्यले यथाशिघ्र खोप लगाउन सार्वजनिक सूचनाा मार्फत आग्रह गरिएको छ ।


अन्य प्रान्तका स्थानीय सरकारले समेत यस्तै निर्देशन जारी गरेका छन् । हेबेई प्रान्तमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाएपछि मात्रै विद्यालय प्रबेश पाउने सूचनामा उल्लेख गरिएको छ ।


चीनले सन् २०२१ भित्र ६४ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।