काठमाडौं/२ साउन- त्रिभुवन विश्वविद्यालयले थप २३ वटा कलेजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत दिएको छ । व्यावस्थापन संकाय अन्र्तगत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसका रुपमा संचालित कलजलाई एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत दिएको हो ।
विश्वविद्यालय कार्यकारी परिषद्ले शैक्षिक सत्र २०७८/०७९ देखि एम.बि.एस कार्यक्रम संचालनका लागि स्वीकृत दिने निर्णय गरेको व्यावस्थापन संकायले जनाएको छ ।
स्वीकृत प्राप्त कलेजले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैंक भौचर सहित साउन १० गते भित्र डीनको कार्यलयमा निवेदन पेश गर्न सूचना जारी गरेको छ । सम्बन्धन प्राप्त कलेज मध्ये काठमाण्डौं उपत्यका भित्रका कलेजले पाँच लाख र उपत्यका बाहिरका कलेजले दुईलाख पचास हजार सम्बन्धन शुल्क बुझाउनु पर्ने छ ।




