शिक्षा मन्त्रालयले प्रदानगर्ने विद्याभूषण निर्णय पश्चात वेवसाइटबाट जानकारी गराइने

काठमाडौँ/१ साउन– शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्याभूषण,नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार घोषणा र प्रदान निर्णय पश्चात मन्त्रालयको वेवसाइटबाट जानकारी गराइने जनाएको छ ।


राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७ बमोजिम नेपाल विद्याभूषण,नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र पुरस्कार नेपाल सरकारल तोकेको दिन घोषणा गरी प्रदान गरिने छ भन्ने व्यावस्था रहेकोले सो सम्बन्धी निर्णय भए पश्चात मन्त्रालयको वेवसाइट तथा सञ्चार माध्यमबाट जाकारी गराइने जनाएको हो ।